मन्त्रिपरिषद् बैठकले यस्तो गर्यो निर्णय



सैघाली खबर,
काठमाडौं ११ फागुन। प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको मन्त्रीपरिषद बैठकले हाल कायम ३० मन्त्रालयलाई घटाएर १७ वटा मन्त्रालय बनाउने निर्णय गरेको छ । वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए अनुसार अब १७ वटा मन्त्रालय कायम भएसँगै मन्त्रिमण्डल १८ सदस्यीय हुने छ । संविधानमा नै बढीमा २५ वटा मन्त्रालय मात्रै बनाउन पाइने उल्लेख छ ।

यस्तै आजको बैठकले प्रधानमन्त्री केपी ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललार्इ नियुक्त गर्ने निर्णय पनि गरेको छ । एमाले पोलिटब्यूरो सदस्य तथा जीफन्टका अध्यक्ष रिमालले ओलीको अघिल्लो कार्यकालमा समेत राजनीतिक सल्लाकारको भूमिका निर्वाह गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्