बसको टायर पड्केर दुर्घटना : ३० घाइते



सैघाली खबर,
नवलपरासी, ११ फागुन –। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० जिल्ला सुनवलमा शुक्रबार भएको गाडी दुर्घटनामा परि ३० जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख १६०५ नम्बरको बसको टायर पड्केर विपरीत दिशाबाट आउदै गरेको युपी ८३ एटी ३९६६ नम्बरको भारतीय ट्रकमा ठोक्किएपछि दुर्घटना भएको हो ।

घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवल र भूमहस्को सामुदायिक अस्पतालमा उपचार भइरहेको सुनवल इलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा अझै घाइते हुनसक्ने अनुमान प्रहरीकोे छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्