रुकुम पश्चिममा एक यूवकमाथि खुकुरी प्र’हार, उपचारका लागि हेलिकप्टरबाट सुर्खेत ल्याइयो




सुर्खेत । रुकुम पश्चिममा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् ।  जिल्लाको आठबिसकोट नगरपालिका–३ स्यालाखदीका एक युवकमाथि खुकुरी प्रहार भएको हो ।

खानेपानी मुहानको विषयमा विवाद हुँदा २३ वर्षीय कर्णबहादुर बोहरामाथि ४ जनाको समूहले खुकुरी प्रहार गरेको हो। खुकुरी प्रहारपछि गम्भीर घाइते भएका बोहरालाई उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका रुकुम पश्चिमका अनुसार घटनामा संलग्न स्थानीय १८ वर्षीय महेन्द्र विक, २४ वर्षीय गोपाल विक, २१ वर्षीय विष्णु कामी र २२ वर्षीय कृष्ण विक रहेको र उनीहरू फरार रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्