विद्यार्थी जीवन छुटेको दिन: मेरो कालो दिन




कति छिट्टै १० वर्ष बिते छ पत्तै भएन गुरु बा गुरु आमा सँग गरेका रमाइला कुराकानी पढाई लेखाई अनि त्यो अपार माया म कसरी बिर्सन सक्छु र? छोटो समयमा माया गाढा बस्यो १० वर्ष सम्म पढ्यौ लेख्यौ आज विद्यालय छोडेर जानु पर्दा म निकै दुखित छु,म कसरी बिर्सन सक्छु जाडो मौसममा न्यानो बनाउनका लागि साथीहरूसँग खेलिएका ती खेलहरू भनिन्छ आमा बुवा पछिका शिक्षक मेरा मार्ग दर्शक प्रिय गुरु बा गुरु आमा प्रति हार्दिक नमन ।

आजको दिन मेरा लागि एकदमै कालो दिन पो रहेछ? आज त सानै बाट पढ्दै आएको विद्यालय प छुट्यो मन सारै भक्कानिँदै छ जिन्दगी के रहेछ र आखिर आज छ भोलि छैन जिन्दगीमा प्रगति गरुन् अगाडी बढुन् भनेर सदैव सत्यको बाटो देखाउने मेरा गुरु बा गुरु आमा लाई म कसरी बिर्सन सक्छु र कक्षा बालबालिका देखि माध्यमिक शिक्षा सम्म पड्दा कति धेरै साथी पायौ र माया पनि उत्ति नै ।

मेरा गुरु बा गुरु आमाको प्रिय छात्रा म एका एक घृणित पात्र बन्न पुगे कहिल्यै कसैको हित विपरीत काम नगर्ने म मलाई उचालेर धेरै नराम्रो काम गर्न पुगे प्रिय गुरु बा आफ्नै सन्तान भनी माफ गरिदिनु होला म त अज्ञानी न परे के गर्नु पर्छ के पर्दैन भनी कुनै ज्ञान नै पाएन साथीहरूको लहलहैमा लागेर न राम्रो काम गर्न पुगे प्रिय गुरु बाको नजरबाट म गिरे सधैँ मेरै नाम लिएर बोलाउनु हुने गुरु बा त्यो दिन पढाउँदा अरू कसैको नाम लिँदा मन खिन्न भयो ।

सुदूरपश्चिमकै पहिलो अनि उत्कृष्ट विद्यालय श्री विराट संस्कृत माध्यमिक विद्यालयमा बालबालिका देखि सुरु भयको मेरो यात्रा चुँडिन गयो गहभरि आशु छलछल्ति बगिरहेका छन् संस्कृत शिक्षाबाट राम्रो प्रगति भइरहेको थियो एकाएक विद्यालय छोड्नु पर्ने भयकाले मेरो मन सारै चिन्तित देखिन्थ्यो सबैलाई मिलाएर बस्ने म आज जो जे गरुन् मतलब न राख्ने भय मन हो सारै दुख्यो भक्कानो छोडेर रूने मन थियो तर के गर्नु पुरूष परे मनको कुरा मनमै राखे बाहिर देखाउने म मा आटै नै आएन ।

१० वर्षको अन्तरालमा पढ्दै जाँदा खेल्दै जाँदा राम्रा काम पनि न राम्रा काम पनि थुप्रै भएहोलान विद्यालय छोड्नु पर्दा म लगायत मेरा सम्पूर्ण साथीहरू धेरै दुखी भएका छन् आफ्नो बारेमा न सोचेर हाम्रै बारेमा बारम्बार सोचिरहने मेरा प्रिय गुरु बा गुरु आमा प्रति सतसतनमन विद्यालय लाग्दा ह्या को जान्छ भनेर भाग्ने म आज विद्यालयको सारै याद आएको छ ।

विद्यालयमा खेलेको घुमेको चट्पट खाएको र केटी साथी सँग जिस्कँदा गुरु बा गुरु आमा देख्नु भयो है भनेर ढोका लगाउँदा ढोका भाँचिएको यी र यस्ता कुराहरूले मेरो मानसपटलमा बारम्बार आइनै रहन्छ यो १० वर्षको अन्तरालमा मेरा मार्गदर्शक लाई हृदयदेखि नमन प्रिय साथीहरूलाई मिठो सम्झन मेरा प्रिय गुरु बा रतिलाल चौधरि नरेन्द्र उपाध्या र लक्ष्मण विक्रम साही र गुरु आमा जुना कुमारी अस्थि द्रोपति उपाध्याय कला बिस्ट मिना घिमिरे लगायत मेरा मार्गदर्शकको यो प्रिय माया मेरो लागि कहिल्यै नमरोस केहि पर्दा पुनः हजुरकै चरणमा आउने छु मेरा बाल्यकाल यी क्रियाकलाप यसरी रमाउँदा १० वर्ष कसरी बित्यो थाहै भएन आमा बाबा पछिका मार्गदर्शक गुरु बा गुरु आमा लाई पुनः सतसतनमन गर्दै बिदा हुन्छु नमस्कार।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्