पर्वतमा अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकता अनुसारका सहायक सामग्री वितरण



पर्वत ।  पर्वत जिल्लाको दक्षिणी भेगमा अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकता अनुसारका सहायक सामग्री वितरण गरीएको छ । बिहादी गाउँपालिकामा INF नेपाल हरियो खर्क अस्पताल पोखरा, अपाङ्ग उत्थान समाज पर्वत र विहादी गाउँपालिकाको सहयोग र समन्वयमा विहादी गाउँ पालिकाका ६ वटै वडाहरूलाई लक्षित गरी असोज १२ गते बिहादी गाउँपालिका वडा नम्बर ४  वहाकीवाट विहादी गाउँपालिकाको शालिग्राम, उराम र वहाकीका ४५ जना अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकता अनुसारका सहायक सामग्री वितरण गरीएको छ ।  १३ गते बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरवाट विहादी गाउँपालिकाको बाच्छा, वराचौर र रानी पानीका ३५ जना अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकता अनुसारका सहायक सामग्री वितरण सँगै अपाङ्गता भएका व्यक्तिहरूको जाँचबुझ तथा उपचार शिविर सम्पन्न भयो ।

दुई दिनसम्म सञ्चालन भएको शिविरमा ८० जना अपाङ्गता भएका व्यक्तिले सेवा पाए । सो शिविरमा आवश्यकता अनुसार उपचार, फिजियोथेरापी व्हील चियर, बैसाखी, सपोर्ट स्टिक हात र खुट्टाका सपोर्ट सामग्री वितरण गरिएको बिहादी गाउँपालिका स्वास्थ्य शाखा  प्रमुख हरि भुसाले जानकारी दिनुभयो |

उक्त शिविरमा बिहादी गाउँपालिका का अध्यक्ष कमल प्रसाद भुसाल, उपाध्यक्ष डम्मर कुमारी गुरुङ , बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरका वडा अध्यक्ष ओम प्रसाद कुँवर लगायतले कार्यक्रम सफलताको शुभकामना मन्त्ब्य दिनुभएको बर्राचौर स्वास्थ्य चौकी प्रमुख भूपेन्द्र नाथ पौडेलले जानकारी दिनुभयो |

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्