सैघाली खबर
बर्दिया, ११ फागुन।
बर्दियाको बारबर्दिया नगरपालिका – ३ बेलवा बज्जामा फरुवाले हिर्काउँदा एक जनाको ज्यान गएको छ । सुतिरहेको अवस्थामा फरुवाले हिर्काउँदा बारबर्दिया नगरपालिका – ३ बेलवाबज्जाकी १५ वर्षीया सावित्री थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
शुक्रबार विहान ३ बजेतिर आफ्नै दाई नाता पर्ने १७ वर्षीय श्यामलाल थारुले फरुवाले हिर्काउँदा घाइते भएकी सावित्रीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो ।
घटनामा संलग्न रहेका श्यामलाल थारुलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।