गाउँपालिका अध्यक्षसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । पत्रकारिता तथा युवा क्षमता विकास तालिमका नाममा अनियमितता गरेको आ’रोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्षसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जिल्लाको कैलाश गाउँपालिकाका अध्यक्ष सहित तीन कर्मचारी र एक पत्रकारविरुद्ध अख्तियारले शुकरबार मुद्दा दायर गरेको हो ।

अख्तियारले गाउँपालिका अध्यक्ष मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापा मगर, सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेल र फिलिंगो मिडियाका सञ्चालक रामकुमार रिजालविरूद्ध मुद्दा दायर गरेको हो। उनीहरूमाथि सार्वजनिक सम्पत्ति हानीरनोक्सानी गरी भ्रष्टाचार गरेको आ’रोप छ । वास्तविकभन्दा दुई लाख ६० लाख नौ सय भुक्तान दिई अनियमितता गरेको आयोगले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्