गुरुजजुर ६३ औं बर्षमा



 

सैघाली खबर

दाङ ११ फागुन । तुलसीपुर ४ रक्षाचौरमा रहेको गुरुजजुर माबि ६४ बर्षमा प्रबेश गरेको छ । शिक्षा बिभागको नमुना बिद्यालयका रुपमा रहेको गुरुजजुरले शुक्रबार ६३ औं बार्षिक उत्सव मनाएको छ । बिद्यालयका अध्यक्ष प्रणब कुमार खड्काको अध्यक्षता तथा तुललसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अबशरमा प्रमुख अतिथि पाण्डेले सरकारी बिद्यालयको गुणस्तर उकास्न गुरुजजुरबाट पाठ सिक्नु पर्ने बताएका थिए । पछिल्लो समय सामुदायीक बिद्यालयमा बिद्यार्थीको संख्या घट्दै गईरहेको अबस्थामा गुरुजजुरमा अझै पनि बिद्यार्थीको संख्या सम्मान जनक रहेको भन्दै सोही बिद्यालयबाट सबैले पाठ सिक्नु पर्ने बताए ।

प्रमुख पाण्डेले नेपालको शिक्षालाई समयानुसार परिबर्तन गर्नुपर्ने बताए । उनले अब नेपालको शिक्षा बिदेशीहरुसंग प्रतिस्पर्धा गर्न सक्ने हुनु पर्ने बताएका छन् ।‘ हाम्रो शिक्षा बिदेशीबजारमा पनि प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ’ उनले भने ‘त्यसका लागि हाम्रो शैक्षिक गुणस्तर बृद्धि हुन आबश्यक छ ।’ उनले परम्परागत शैलीबाट शिक्षाको गुणस्तर बृद्धि हुन नसक्ने भन्दै प्रबिधियुक्त शिक्षा प्रणालीको बिकास हुनुपर्ने बताए ।

उनले प्राबिधिक शिक्षाको बिकास गर्न आबश्यक रहेको समेत बताए । कार्यक्रममा बिशिष्ट अतिथि पूर्ब सांसद बुद्धिराम भण्डारी, कुवेर वली, एनप्यावसन दाङका बरिष्ठ उपाध्यक्ष विमल गौतम, मेरीगोल्ड वोर्डिङ स्कुलका प्रध्यानाध्यापक वासुदेव रिजाल, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र खड्का, पुर्व शिक्षक विजय जिएम, पुर्व विद्यार्थी कुमार श्रेष्ठ, विद्यार्थी नरेन्द्र महतरा लगाएतकाले बिद्यालयको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

बिद्यालयका प्रअ बिष्णु प्रसादले बिद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । शिक्षक प्रमोद कुमार न्यौपानले स्वागत मन्तब्य ब्यक्त गरेका कार्यक्रममा रुद्र वहादुर वलीले धन्यवाद ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक धु्रबराज न्यौपाने र स्मृति योगीले गरेकी थिईन् । यसैबीच बिद्यार्थीहरुले बिभिन्न प्रस्तुती राखेका थिए ।।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्