पत्रकार महासंघद्धारा तीन सदस्य छानबिन समिति गठन



सैघाली खबर
दाङ, ११ फागुन । पत्रकार गणेश आचार्य र निर्माण कम्पनी मामा भाञ्जा निर्माण सेवाबीच समाचारलगायत अन्य विषयमा देखिएको विवादबारे बारेमा अध्यण गर्न  छानविन समिति गठन गरिएको छ ।

 

पत्रकार महासंघ दाङको शुक्रबार घोराहीमा बसेको आकस्मित वैठकले यस्तो निर्णय गरेको हो।पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियाशनको अध्यक्षतामा बैठकले तीन सदस्य छानबिन समिति गठन गरेको हो । महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको संयोजकत्वमा निवर्तमान अध्यक्ष सुदीप गौतम र पूर्व अध्यक्ष केएल पीडित सदस्य रहेको छानविन समिति गठन गरिएको छ । उक्त विवादबारे निर्णय गर्न थप अध्ययन आवश्यक भएकाले घटना क्रमबारे वस्तुनिष्ठ अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन सार्वजनिक गर्न निर्णय समेत गरेको छ ।

 

पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशन द्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा विगत केही दिनयता पत्रकार गणेश आचार्य र निर्माण कम्पनी मामा भाञ्जा निर्माण सेवाबीच समाचारलगायत अन्य विषयमा देखिएको विवादबारे नेपाल पत्रकार महासंघ दाङ शाखाको गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरिएको छ ।जारी विज्ञप्तीमा छानविन समितिलाई आवश्यक सहयोग गर्न विवादसँग सम्बन्धित पक्ष तथा सरोकारवाला सबैलाई महासंघ हार्दिक अपील गर्दछ भनिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्