इपिएल : विराटनगरको पहिलो जित




काठमाडौँ । विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएलमा)मा काठमाडौँ किंग्स-११ लाई ७ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ ।

विराटनगरले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँले निर्धारित ८ ओभर नै ब्याटिङ गरे पनि ३ विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सक्यो। काठमाडौँका लागि रहमानुल्लाह गुरबाजले २८, अविजित रहेका सुवास खकुरेलले २६ र राजु रिजालले २४ रनको योगदान दिए।

विराटनगरका रायन पठानले २ र प्रतिस जिसीले १ विकेट हात पारे। यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै १०४ रन बनायो।

विराटनगरका लागि अनिल शाहले अविजित ४५ रनको योगदान दिए। १६ बलको सामना गरेका उनले २ चौका र ५ छक्का प्रहार गरे। रायन पठानले ३०, कप्तान करण केसीले १५ रन जोडे। काठमाडौँका गुल्सन झा, रायन बर्ल र कप्तान सन्दीप लामिछानेले समान १ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो। वर्षाका कारण मैदान हिलाम्मे भएकाले टसमा ढिलाइ हुँदा खेललाई ८ ओभरमा झारिएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्