बादी महिलाद्धारा मुख्य मन्त्री पोखरेल समक्ष ज्ञापन पत्र पेस



 

जनक नेपाली

वुटवल फाुगन १२ ।राष्ट्रिय बादी महिला अधिकार संघर्ष समितिले ५ नं. प्रदेश मुख्यका मुख्य मन्त्री शंकर पोखरेल समक्ष ज्ञापन पत्र बुझाएका छन्। राष्ट्रिय बादी महिला अधिकार संघर्ष समितिले मुख्य मन्त्रीको कार्यालयमा पुगेर ज्ञापनपत्र पेस गरेको हुन । राष्ट्रिय बादी महिला अधिकार संघर्ष समितिका सचिव सरिता बादी दलित महिला एकता केन्द्रका अध्यक्ष निर्मला गुप्ता बादी, राष्ट्रिय बादी समुदाय उत्थान विकास समितिका उपाध्यक्ष रामेबादी, कार्यकारी निर्देशक महेश नेपालीले संयुक्त रुपमा ज्ञापनपत्र पेस गर्नु भएको थियोे ।

ज्ञापनपत्रमा यौन ब्यबसायमा संलग्न भएका र रहेका बादी महिलाहरु र उनीहरुबाट जन्मेका बालबालिकाहरुको ब्यबस्थित पुर्नस्थापना गर्नुपर्ने , नेपाल सरकार र बादी समुदायबीच भएका सम्झौंता कार्यान्वयन गर्नुपर्ने बादी समुुदायको सम्मानजनक पुर्नस्थापना र बादी समुदाय मानव बिकास सुचकांकमा अन्य नागरिक सरह नपुग्दा सम्म केन्द्रीय तहमा बादी समुदाय उत्थान बिकास समिति निरन्तर संचालन गर्नुपर्ने माग गरिएको छ ।

यसका साथै संघीयता संरचना संगै प्रदेश स्तरमा बादी समुदाय उत्थान बिकास समिति गठन गर्नुपर्ने  बादी समुदायका महिलाले भोग्नु परेको दोहोरो जातीय भेदभाव, यौन हिंसा, उत्पीडन र पिडाको अन्त्य गर्न हुनुपर्ने , बादी समुदायका अन्य समुदाय भन्दा बिशिष्ट, पृथक सवालहरुको सम्बोधन गरी बादी समुदायको नेतृत्व बिकास र राज्यका बिभिन्न अंगहरुमा बादी समुदायको अर्थपुर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने भुमीहिन बादी समुदायका लागि भुमि उपलब्ध गराईयोस ।

बादी समुदायको शिक्षामा पहुच अभिबृद्धि गर्न निःशुल्क शिक्षाको ब्यबस्था गनुपर्ने माग राखिएको छ । ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले बादी समुदायको उत्थानका लागि काम गर्ने बताउँनुयो । यसै आर्थिक बर्ष देखि योजना निर्णय गरी काम सुरु गर्ने बताउँनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्