अमिता चौधरी
दाङ,१२ फागुन
दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनी २०७४को आज १० औ दिन महोत्सव अवलोकन गर्न आउनेहरुको अत्यधीक सहभागीता रहेको महोत्सव मुलआयोजक समीतीले जनाएको छ। फाल्गुन ३ गतेदेखी दाङ जिल्ला उद्योग वाणीज्यसंघको आयोजनामा संचालीत महोत्सवको १० औ दिन आज सनीवार परेकाले पनी महोत्सव अवलोकन गर्न आउनेहरुको संख्या अरुदिनको तुलनामा थामी नसक्नु भएको महोत्सव मुलआयोजक समीतीका संयोजक नारायण प्रसाद भ्ुसालले जानकारी दिनुभएको छ।
महोत्सवमा आज वालवालीका , युवायुवती, जेष्ठ नागरीकदेखी लीएर कर्मचारीहरुको समेत अत्यधीक सहभागीता रहेको थियो। मञ्चमा आयोजीत सास्कृतीक कार्यक्रम हेर्ने र सुन्नेको सहभागीता जती थियो त्यतीनै सहभागीता महोत्सवमा कीनमेल गर्न आउनेहरुको पनी रहेको दाङ जिल्ला उद्योग वाणीज्यसंघका महासचीव नरेश कार्कीले जानकारी दिनुभएको छ।
आयोजकहरुले महोत्सव अवलोकन गर्न आउनेहरुको सहजताका लागी अरु समय आवात जावत गर्न वन्द गरिएको स्थानमा समेत आज आउजाउका लागी खुल्ला गरिएको छ।
यसले गर्दा पनी महोत्सव अवलोकन गर्न आउनेहरुलाइ केही सहज भएको महासचीव कार्कीले जानकारी दिनुभएको छ। यसैविच आज महोत्सवमा आयोजीत विभीन्न सास्कृतिक प्रतीयोगीताका विजेताहरुलाइ पनी पुरस्कार प्रदान गरिएको महोत्सव मुलआयोजक समीतीका सहसंयोजक टंक सिह वुढाथोकी ले जानकारी दिनुभएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।