कपाल फुल्ने समस्या छ ? छुटकरा पाउन अपनाउनुहोस् यो घरेलु उपाय



उमेर ढल्किंदै जाँदा कपाल फुल्नु भनेको वृद्धावस्थाको संकेत मानिन्छ । त्यसैले कपाल फुल्नुलाई अनुभव र बुद्धिको भण्डारको रुपमा लिइन्छ । तर, उमेर नहुँदै कपाल फुल्न थाल्यो भने त्यो समस्या बन्छ । त्यो समस्या युवाहरुमा पछिल्लो समय अझ बढी देखिंदै गएको छ । यदि तपाईँको उमेर नपुगेरै युवा अवस्थामै कपाल फुल्ने अर्थात् सेतो देखिने समस्या देखिएको छ भने अब त्यसलाई घरमै उपचार गर्न सकिने छ । मानिसको पर्सनालिटीसँग जोडिएको महत्त्वपूर्ण अङ्ग हो कपाल ।

कालो कपालले मानिसको पर्सनालिटीलाई अझै बढाउँछ । तसर्थ युवा उमेरमै कपाल फुल्ने समस्याबाट छुटकारा पाउन यी सजिला घरेलु उपाय अपनाउनुस् । जो निकै फाइदाजनक छ ।पाल फुल्ने समस्याको उपचारका लागि अमला एक उत्तम उपाय हो । कागतीको रस मिसाएर नरिवलको तेलले आफ्नो कपाल र टाउकोमा मालिस गर्दा यसको समस्या हटने छ ।

प्याजको रस पनि कपाल फुल्ने समस्याबाट छुटकारा दिने महत्त्वपूर्ण बस्तु हो । कपाल कालो गर्नमा महेन्दी नामक बिरुवाको पातको प्रयोग पनि महत्त्वपूर्ण मानिन्छ ।कालो तिल वा तिलको तेल कपाल फुल्ने समस्याबाट छुटकारा दिने सबैभन्दा प्रभावकारी उपचार हो । लौकाको रसमा जैतुनको तेल वा तिलको तेल मिसाएर आफ्नो टाउको र कपालमा मालिस गर्दा ठिक हुन्छ ।कालो तिलको बिउलाई कम्पतिमा पनि तीन महिनासम्म सेवन गर्दा फाइदा हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्