नेपालसहित विश्वभर अवरुद्ध ‘फेसबुक’ सञ्चालनमा



ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक विश्वभर डाउन भएका छन्। सोमबार राति साढे ९ बजेदेखि यी तीन वटा एपको सेवा नेपाल, भारतसहित विश्वभरि नै रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । फेसबुकले आफ्नो वेबसाइटमा केही समस्या देखिएको र त्यसलाई समाधान गर्न आफूहरू लागिरहेको जनाएको छ ।

फेसबुकका मालिक मार्क जुकरबर्गले दिएको जानकारी अनुसार फेसबुकको वेभसाइटमा आएको समस्याका कारण फेसबुक डाउन भएको र मङ्गलवार बिहानदेखि सञ्चालनमा आएको जानकारी दिएका हुन् । 
 
फेसबुकका प्रवक्ता एन्डी स्टोनले ट्विटर गर्दै सेवा सुचारु गर्न आफूहरू लागि परेको जनाएका थिए । यी तीन वटै एप्समा फेसबुकको स्वामित्व छ। सुरुमा फेसबुक वेबसाइटमा समस्या आएको र म्यासेन्जरमा लेखिएका सन्देशहरू नदेखिएको, त्यसपछि ह्वाट्सएप र इन्स्टाग्राम एप्समा पनि उस्तै समस्या आएको जनाइएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले विश्वभर नै यी तीन वटै एप्सले पूर्ण रूपमा काम गर्न छोडेको उल्लेख गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्