सैघाली खबर
दाङ , १२ फागुुन
नेपाल नेत्र ज्योती संघको क्षेत्रीय कार्यशाला गोष्टी तलसीपुरमा भएको छ । प्रदेश नं. ५,६ र ७ को कार्यशाला गोष्टी तुलसीपुरमा भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेत्र ज्योती संघका केन्द्रीय अध्यक्ष प्राध्यापक डा.तिथ्र प्रशाद मिश्रले नेत्र ज्योती संघको स्थापन संगै नेपालका धेरै नागरिकले ज्योती पाउन सफल भएको भन्दै आउदा दिनमा सेवालाई थप प्रभाबकारी बनाएर लैजाने बताए ।
नेपाल नेत्र ज्योती संघ दाङका सभापति कृष्ण कुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बक्ताहरुले मानब शरिरको संबेदनशिल अंग आँखा भएकाले यसलाई जोगाउनु अपरिहार्य रहेको बताएका थिए । कार्यक्रममा बिशिष्ट अतिथि प्रदेशसभा सदस्य उत्तर कुमार वली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, दाङका प्रमुख गजेन्द्र बहादुर श्रेष्ठ, संघका महासचिब श्याम कुमार पोख्रेल, न्यायधिश गोकर्ण डाँगी, संघका बैतडी शाखा सभापति बिष्णु दत्त जोसी, नेपाल नेत्रहिन संघ दाङका अध्यक्ष राम बहादुर खड्का, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वली, नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का, काग्रेस दाङका सचिब टेक बहादुर वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
संघ दाङका उपाध्यक्ष रेशम बहादुर खड्काले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा संघका कार्यकारी निर्देशक शैलेश कुमार मिश्रले कार्यक्रमको बारेमा जानकारी गराएका थिए, भने सहजीकरण सचिब सरेन्द्र खड्काले गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।