बैदेशिक रोजगार

यूएईमा एक नेपालीले जिते लक्की ड्र मा करिब ४५ लाख

By Thah Online

October 05, 2021

काठमाडौँ । युएईको मनी एक्सचेन्जबाट घरमा पैसा पठाउने एक नेपाली कामदारले एक किलो सुन, करिब ४५ लाख रुपैयाँ जितेका छन् । त्यहाँको अल अहलिया एक्सचेन्ज मार्फत नेपाल पैसा पठाउँदै आएका इलाम  जमुनाका नरेन्द्र मगरले आइतबार भएको लक्की ड्र मा  एक किलो सुन जितेका हुन् । 

एक्सचेञ्जका अपरेसन प्रमुख कमल सुब्बाले विगत दुई वर्षदेखि युएईको ट्रान्सगार्ड कम्पनीमा वेटरको पदमा काम गरिरहेका नरेन्द्रले उक्त सुन जितेको बताए ।नरेन्द्रले गत जुनमा बरदुबईमा रहेको एक्सचेन्जको शाखाबाट सात सय दिहराम  नेपाल पठाएका थिए । गत १६ मेदेखि १४ जुलाईसम्म चलाइएको समर सरप्राइज अफर अन्तरगत विदेश रकम पठाउनेमध्ये एक जनालाई मेघा ड्र मार्फत एक केजी सुन उपहारको व्यवस्था गरिएको थियो ।वैदेशिक रोजगारमा गएको कामदारले ५० ग्राम भन्दा धेरै सुन नेपाल ल्याउन नपाउने व्यवस्थाका कारण मगरलाई  एक्सचेन्जले सुनको सट्टा नगद दिने बताएको छ ।

लक्की ड्र भएको दिन स्थानीय बजारमा रहेको सुनको मूल्य अनुसार नरेन्द्रले ४४ लाख ७८ हजार ९  सय ५२ रुपैयाँ पाउने भएका छन् । एक्सचेन्ज लक्की ड्र गर्दा नरेन्द्र भने काममा व्यस्त रहेको बताइएको छ ।  सन् २०१३ मा  नेपाली कामदार नेपाली रामबहादुर कटुवालले पनि एक लाख दिहराम जितेका  थिए भने फागुनमा स्याङ्जाका छविलाल दर्जीले ४० हजार दिहराम जितेका सेन्चुरी रेमिटका यूएई प्रमुख प्रकाश पौडेलले बताए ।  मध्यान्ह डेली बाट