कानुन मन्त्री सोनाम दाङ आएर भने प्रदेशको स्थायी राजधानी उपयुक्त स्थानमा तोक्छौ



गिरिराज नेपाली
दाङ , १२ फागुन । प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी (सोनाम) ले प्रादेशिक राजधानीको स्थायी मुकाम उपयुक्त स्थानमा सर्व सम्मतीले पास गर्ने बताउनुभएको छ । तत्कालको कामकाज सञ्चालनका लागि सरकारले रुपन्देहीमा अस्थाई मुकाम तोक पनि प्रदेशसभाले त्यसलाई सवैको साझा सहमतीमा विवाद रहित तरिकाले उपयुक्त स्थानमा स्थायी मुकाम तोक्ने बताउनुभएको हो ।
गुरुकुल ईन्टरनेशनल एकेडेमी घोराहीले शनिवार घोराहीमा आयोजना गरेको प्रथम विज्ञान तथा कला प्रर्दशनीलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रदेश नं. ५ को अस्थायी मुकाम रुपन्देहीमा तोकिए पनि प्रदेशसभाले सुरक्षा , भुगोल , पुर्वाधार र नागरिकहरुको समान पँहुच पुग्ने आधारमा स्थायी मुकाम उपयुक्त स्थानमा सर्वसम्मती वाट पास गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘ प्रदेश सरकार ध्यान उपयुक्त स्थानमा स्थायी राजधानी तोक्नेमा केन्द्रित छ । ’ प्रादेशिक राजधानी स्थायी पुर्व– पश्चिम , उत्तर –दक्षिण चारैतिर समानदुरी र सवैलाई पायक पर्ने स्थानलाई प्रदेशसभाले सर्वसम्मती निर्णय गर्ने बताउनुभयो ।

 

उहाँले – ‘ दाङकै हुन्छ भन्न पनि सकिदैन् , बुटवलमै रहन्छ भन्न पनि सकिदैन उपयुक्त स्थान जहाँ हुन्छ त्यही तोकिन्छ । ’ जसले सवै क्षेत्रलाई समान न्याय पु¥याउने उहाँले बताउनुभयो । सिंहदरवारको अधिकार गाउँघरमा सरकारमा सवै क्षेत्रको पहुच पु¥याउने गरी प्रदेश सरकारले काम गर्ने उहाँले बताउनुभयो ।  स्थायी प्रादेशिक राजधानीका लागि उपयुक्त स्थानको सम्भाव्यताको अध्ययन प्रदेश सरकारले गरी रहेकाले राजधानीको काउतुहुल्ता चाँडै मेटिने प्रयासमा रहेको उहाँले बताउनुभयो । पुर्व पश्चिम महेन्द्र राजमार्गको अन्तर्गतका केही स्थान संगै दाङको देउखुरीमा पनि केही स्थान र संरचनाको शनिवार नै अध्ययन गरीएको बताउनुभयो ।

त्यस्तै उहाँले प्रदेश नं. ५ लाई नमुनाको प्रदेश बनाउने पनि दावी गर्नुभयो । स्थानीय स्रोत साधनको अधितम उपयोग गर्दै प्रदेश नं. ५ लाई अन्य प्रदेशको तुलनामा समृद्धि, विकासित र सम्पन्न प्रदेशमा रुपमा विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेका उहाँको भनाई थियो । उहाँले अबको ५ वर्षमा प्रदेश नं. ५ लाई खाद्य सुरक्षामा आत्मनिर्भर प्रदेशका रुपमा विकास गर्ने पनि बताउनुभयो

उहाँले लुम्विनी , रिडी , जलजला र सिस्ने स्थलमार्गले जोड्दै पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने , दाङ , रुपन्देही र बाँकेलाई महानगरीय क्षेत्रका रुपमा विकास गर्ने , स्थानीय उत्पादन प्रवद्र्धन गर्ने र कृषि क्षेत्रको आधुनिकरण गर्ने सकेमा प्रदेश नं. ५ नमुना र आत्मनिर्भर र समृद्ध प्रदेश बन्ने दावी उहाँले गर्नुभयो ।  त्यस्तै प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुनमन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले दाङको विकास र सम्भावना उपयोग गर्न सकेमा दाङ प्रदेश नं. ५ को समृद्धि र सम्पन्न जिल्ला बन्ने बताउनुभयो । उहाँले शैक्षिक विकासको उदगम थलो बन्दै गईरहेको दाङ समृद्धि तर्फ पनि उन्मुख भईरहेकाले दाङको विकासका लागि स्थानीय तह , प्रदेश र केन्द्रिय तह सम्मले दिगो विकासको अवधारणा निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । त्यस्तै अबको शिक्षा जीवन उपयोगी र स्वरोजगारमुखी शिक्षाको विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।

 

गुरुकुल एकेडेमीका व्यावस्थापक समितिका अध्यक्ष अन्नतराज घिमिरेको अध्यक्ष्ता तथा प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी (सोनाम) को प्रमुख आतिथ्यताका कार्यक्रम सम्पन्न भएको थियो । प्रर्दशनीमा विद्यार्थीहरुले विज्ञान , कला , कृषि, साहित्य गणतिय सामाग्रीहरु प्रर्दशनी गरेका थिए । गुरुकुल एकेडेमीका प्रिन्सीपल टिकाजंग विकको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक मुकुन्द शर्माले गर्नुभएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्