नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिमा नेतृ गौरी अधिकारीको उम्मेद्धारी 




बझाङ । नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिमा युवा नेतृ गौरी अधिकारीले उम्मेद्धारी घोषण गर्नु भएको छ ।

नेपाली काङ्ग्रेसको १४ महाधिवेशन तथा ८ औँ अधिवेशनमा जुजारु युवा नेतृ गौरी अधिकारीले जिल्ला कार्यसमितिमा उम्मेद्धारी दिनु भएको हो । उहाँले राजनीतिमा विद्यार्थी जीवन्त देखी लागिपरेको भन्दै अबको नेतृत्वमा जिल्ला सदस्यमा उम्मेद्धारी दिएको बताउनु भएको छ ।

नेपाली काङ्ग्रेसको देश व्यापी रुपमा चलिरहेको अधिवेशन बझाङमा प्राविधिक कारण बस स्थगित भएको कारण यही २१ गते सञ्चालन हुने भएको हुँदा सबैलाई गौरी अधिकारी रावललाई मतदान गरी सहयोग गरिदिन अनुरोध गरिएको छ । उहाँले आफू पार्टीको लागी केही गर्न सक्ने र सङ्घटन निर्माणमा आफूले भूमिका खेल्ने भएको हुँदा हाम्रो हैन राम्रो मान्छेलाई सहयोग गरिँदिन अनुरोध गर्नुभएको हो ।

निकै जुझारु अव्वल र नेतृत्व हाँक्न सक्ने क्षमतावान् महिला नेतृको रूपमा रहेकी रावल युवा अवस्थामै नेतृत्वमा आउने र राजनीतिबाट अगाडी बढ्ने बताउनु हुन्छ । यस ८ औँ अधिवेशनमा सबैलाई सहयोग गर्न अनुरोध गनुभएको हो । उहाँ महिलाको सन्दर्भमा युवा नेतृको रूपमा रहनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्