प्रदेश २ का मुख्यमन्त्री राउतले विश्वासको मत लिँदै




काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

बिहान ११ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने तयारी गरिएको प्रदेश २ को प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत बुधवार (असोज १३ गते) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट मुख्यमन्त्री राउतले विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रवधानअनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर मुख्यमन्त्री राउतले दल विभाजन भएको महिना दिन बित्दा पनि विश्वासको मत नलिएको भन्दै विरोध हुँदै आएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्