टप फिचर

‘आइन पियारी’ बोलको दसैँ तिहार गीत सार्वजनिक ( भिडियो )

By Thah Online

October 06, 2021

काठमाडौँ । कोभिडका कारण प्रदेशमा काम गर्दै आएका युवाहरूले चाड पर्व मनाउनको लागि फर्कन नपाउँदाको  पीडा समेटेर तयार पारिएको गीत ‘आइन पियारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

कुशल विश्वकर्मा र विष्णु परियारको युगल गायन गीतमा सुन्न सकिन्छ । गीतमा  पृथलाल विकको शब्द सङ्गीत रहेको छ।  कृष्ण पाण्डेले छायाङ्कन गरेको भिडियोलाई जीवन सेन्चुरीले सम्पादन गरेका हुन्। म्युजिक भिडियोमा दिलीप रेग्मी, शिल्पा कार्की र सुशील महतको अभिनय रहेको छ। दिलीप रेग्मीले निर्देशन गरेको भिडियोलाई ‘पृथलाल बिक’को आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।