२० महिनापछि  पुनः कोरिया रोजगारी सुरु



काठमाडौँ । २० महिनादेखि कोरोनाका कारण रोकिएको कोरिया रोजगार आंशिक रूपमा खुलेको छ । 

नेपालले कोरियाले जनस्वास्थ्यसँग सम्बन्धी राखेका विभिन्न सर्तहरू पूरा गरेपछि पहिलो चरणमा कोरियामा रोजगारीका क्रममा एकै रोजगारदातासँग नियमित ४ वर्ष १० महिना काम गरेर पुनः रोजगारीका लागि अनुमति पाएका श्रमिकहरूलाई कोरिया लैजाने तयारी सुरु भएको हो ।

पहिलो चरणमा ११९ श्रमिकको भिसा प्रक्रियाका लागि वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले नामावली सार्वजनिक गरेको छ । नामावलीमा नाम आएकाहरूमध्ये कात्तिक १० गते ५० श्रमिकको उडान गर्ने तयारी भएको विभागले जनाएको छ । कोरियाले नेपालबाट श्रमिक लैजानको लागि राखेको सर्त अनुसार कोरोना बिमा, पीसीआर परीक्षण, सिधा हवाई उडान र १४ दिन कोरियामा क्वारेन्टाइन बस्नुपर्नेछ । सर्त अनुसार नेपालले कामदार पठाउन तयार भएपछि क्रमशः कोरिया रोजगारमा जाने तयारीमा रहेका अरू कामदार पनि कोरिया रोजगारमा जान पाउने बताइएको छ । 

कोरियाले नेपालबाट कामदार लिन राखेको सबै सर्तहरू नेपालले पुरा गर्दै कोरिया रोजगार नियमित गरिने विभागले जनाएको छ । कोरिया रोजगार नियमित भए क्रमशः कोरिया रोजगारको पर्खाइमा रहेका १० हजार नेपाली कोरिया रोजगारमा जान पाउनेछन् ।  

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्