विराटनगरको रानीबाट भ्यानभित्र भेटिए २८ वटा मानव खप्पर, दुईजना प’क्राउ



मोरङको विराटनगरबाट सशस्त्र प्रहरीले मानव अङ्गको हड्डीजस्तो देखिने वस्तुसहित दुई जनालाई प’क्राउ गरेको छ ।

प’क्राउ पर्नेमा भ्यानका चालक विनोद देव र युवराज कार्की रहेका छन् । सशस्त्र प्रहरीले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाटनजिकबाट सो सङ्ख्यामा खप्पर र हड्डी बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणको प्रहरी टोलीले को २च ९६४८ नम्बरको भ्यान बेवारिस अवस्थामा देखेको र शङ्का लागेर जाँच  गर्दा  २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद भएको छ ।

प्रहरीका अनुसार उक्त हड्डी मानव खप्पर र हातखुट्टाको हड्डी भएको पुष्टि भएको छ।  भ्यानमा मानवको अङ्गजस्तो देखिने वस्तु भेटिएपछि सशस्त्र प्रहरीले सो भ्यान सहित दुई जनालाई पक्रेर जिल्ला प्रहरी कार्यालय विराटनगरको जिम्मा लगाएको छ । उक्त खप्पर र हड्डी कहाँबाट कसरी आयो भनेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्