भजन गायक भक्त घलेको ‘काफल टिप्न जाउँ’  सार्वजनिक ( भिडियो ) 



काठमाडौँ – दक्षिण भुटानमा जन्मिएर नेपालमा १८ वर्ष शरणार्थी जीवन बिताएर हाल अमेरिकाको पेन्सलभेनियामा बसोबास गरिरहेका भुटानी नेपाली गायक भक्त घलेले आफ्नो  स्वर, शब्द र सङ्गीतमा समावेश ‘काफल टिप्न जाउँ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

अर्गानिक ठेट शब्दहरू समेटिएको यस गीतमा गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको छ।  म्युजिक भिडियोमा वरिष्ठ  कलाकार कविता आलेको साथमा कमल सिंह र नग्मा श्रेष्ठ बिचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।  सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्सव दाहाल छायाङ्कन गरेका हुन्।  शिलन लम्सालले सम्पादन गरेको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। गायक घलेको आधिकारिक च्यानल भक्त घले मार्फत भिडियो सार्वजनिक गरिएको हो।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्