अपराध

अष्ट्रेलिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा प’क्राउ

By Thah Online

October 06, 2021

काठमाडौँ । अष्ट्रेलिया पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १३ घर भई हाल काठमाडौँ महानगरपालिका  वडा नं. १० मध्यबानेश्वर बस्ने वर्ष ४१ को मणि निरौलालाई मङ्गलवार प्रहरीले प’क्राउ गरेको छ ।

निरौलाले आफूलाई Queensland Education Foundation Pvt. Ltd. सञ्चालक हुँ  भनी जिल्ला म्याग्दी मङ्गला गाउँपालिका  वडा नं. ५ घर भई हाल काठमाडौँ टोखा नगरपालिका वडा नं. १ बस्ने वर्ष २४ को सुजन खत्रीलाई अध्ययनको लागि डिपेन्डेण्ट भिषामा अष्ट्रेलियामा पठाइदिन्छु त्यसका लागि बाह्र लाख रुपैयाँ  लाग्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी रकम ठगी गरेको भन्ने पीडितबाट प्राप्त जाहेरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका- १० नयाँबानेश्वरबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान एवम् कारबाहीको लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाइएको उक्त महाशाखाले जनाएको छ ।