सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?




काठमाडौँ । बिहीबार सुनचाँदीको भाउ बढेको छ । गत बुधवारको तुलनामा आज बिहीबार सुन तोलामा ५०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ र चाँदी एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन पनि प्रतितोला ३ सय रुपैयाँले बढेर ७१ हजार ६०० रुपैयाँ पुगेको छ । चाँदीको भाउ पनि आइतबारको तुलनामा प्रतितोला ५ रुपैयाँले बढेर ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्