कांग्रेसले आज संसदीय दलको नेता छान्ने, देउवा र सिंह प्रतिस्पर्धामा



सैघाली खबर
काठमाडौं , १३ फागुन

संसदीय दलको नेता छान्न नेपाली कांग्रेसको बैठक आज बस्दैछ । आज बस्ने संसदीय दलको बैठकले दलको नेता छान्नेछ । हिजो संसदीय दलको विधान पारित भएको छ ।संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह आकांक्षी देखिनु भएको छ ।

२०५१ मा पार्टी पराजय हुँदा गिरिजाप्रसाद कोइराला आफैं संसदीय दलको नेता नबनी दोस्रो तहका नेतालाई अघि बढाएको उदाहरण दिँदै शशांकले अहिले पनि सभापतिले त्यसै गर्नुपर्ने तर्क गर्नु भएको छ । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । त्यसमा देउवाको बहुमत छ । सहमति हुन सक्ने नेदेखिएकाले चुानावबाट नेत ाचयन गर्ने तयारी भइरहेको नेपाली कांग्रेसका नेताहरुले जनाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्