नेपाली काँग्रेस सुनसरीको सहसचिवमा कालुराम चौधरीको उम्मेद्बारी, उनलाई किन जिताउने ? 



सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका निवासी कालुराम चौधरीले काँग्रेस जिल्ला सहसचिवमा उम्मेद्बारी घोषणा गरेका छन् ।

बिहीबार गरिएको घोषणा सभा मार्फत आफू विजयी हुनुपर्ने आधार प्रस्तुत गर्दै मतको लागि अपिल समेत गरे । चौधरीले विशेषतः नेपाली काँग्रेसले समावेशिता, वर्ग, क्षेत्र, भूगोललाई मिलाएर लैजानुपर्ने अनिवार्यता भएकाले पनि उनको उम्मेद्बारी रहेको प्रस्ट्याइएको छ ।

तपाईँले जित्नुभयो भने के गर्नुहुन्छ?, उनको जवाफ छ, पार्टीभित्र सहमति, सहकार्य र एकता गरी पार्टीलाई एक ढिक्का बनाउँदै सङ्गठन निर्माण नै मेरो मुख्य प्राथमिकता रहनेछ । उनी थप्छन्, आउँदै गरेको स्थानीय तहको निर्वाचनमा वडा देखी जिल्लासम्म पार्टीको जित सुनिश्चित गर्ने मेरो अर्को महत्त्वपूर्ण योगदान रहनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्