यात्रुहरुसँग बढी भाडा लिने ९ जना बिचौलिया प’क्राउ



काठमाडौँ । उपत्यका बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने ९ जना बिचौलियालाई काठमाडौँबाट ट्राफिक प्रहरीले प’क्राउ गरेको छ ।

ट्राफिक प्रहरीका अनुसार विभिन्न टिकट काउण्टरमा आबद्ध भई बिना परिचयपत्र बसपार्क आसपास यात्रुलाई टिकट काटिदिन्छु भनी मोलमोलाई गर्ने भरतपुर चितवनका ३८ वर्षका समीर श्रेष्ठ, धनकुटाका ३० वर्षीय किरण लिम्बु र सुनसारीका २८ बर्से सविन राई प’क्राउ परेका हुन् ।

त्यसै गरी काठमाडौँको कलङ्कीबाट वर्ष ३९ को नवीन केसी र बल्खुबाट शुभ यात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई कीर्तिपुर बस्ने नारायणी काउण्टरका वर्ष ३७ को विनोद रानालाईसमेत पक्राउ गरी कारबाहीको लागि प्रहरी वृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ ।

त्यस्तै टिकट काउण्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ्ग गर्ने काठमाडौँ बस्ने वर्ष ४६ का राज ठकुरी, दाङ घोराहीका २९ बर्से विशाल गुरुङ र कैलालीका २९ बर्से रमेश कठायत गंगबुबाट प’क्राउ परेका हुन् । उनीहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्