बैदेशिक रोजगार

कतार सरकारले अवैध विदेशी कामदारहरूलाई आम माफी दिने घोषणा

By Thah Online

October 07, 2021

काठमाडौँ | कतार सरकारले अवैध विदेशी कामदारहरूलाई आम माफी दिने घोषणा गरेको छ ।

कतारमा आईडीको म्याद सकिएका, बिना वर्क परमिट काम गरिरहेका र पारिवारिक भिसा (Family Visa) को नियम पालना नगरेका सहित विभिन्न कारण कतारमा गैर कानुनी रूपमा बसेका कामदारहरूलाई त्यहाँको सरकारले बिना कैद जरिवाना समेत नतिराउने गरी आममाफी दिन लागेको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ ।

कतार सरकारले घोषणा गरेको आममाफी प्रक्रियामा सहभागी हुन चाहनेहरूले कतारको सर्च एन्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल, उम सुनैम, मेसाइमिर, अल वक्रा र अल रयान सर्भिस सेन्टरमा दिउँसो १ बजेदेखि बेलुका ६ बजे भित्र आफ्नो नाम दर्ता गराउन सक्नेछन् । तर आममाफीको समय सिमा समेत निर्धारण गरिएको छ, निर्धारित मिति अनुसार सरकारले यो प्रक्रियाको लागि अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मको समय सीमा समेत तोकेको छ ।

कतार सरकारको यो निर्देशन २०१५ को कानुन नं ​​२१ को प्रावधान अन्तर्गत आप्रवासीहरूको बसाई तथा बाहिरिने नियम अन्तर्गत जारी गरिएको हो । साझा सवालबाट