प्रदेश योजना आयोगद्वारा कपिलवस्तुको अजिगरा- करमा ताल निरीक्षण



कपिलवस्तु ।  कपिलवस्तुको अजिगरा- करमा तालको प्रदेश योजना आयोग द्वारा निरीक्षण गरिएको छ। जिल्लाको कृष्णनगर नगरपालिका वार्ड नं. ६ र ७ मा पर्ने अजिगरा – करमा तालको योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री सहितको टोलीले बुधवार निरीक्षण  गरिएको हो ।

तालको बारेमा अनुसन्धान गरी यसको संरक्षणका लागि प्रदेश सरकारबाट पहल गर्ने योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले बताउनु भएको छ ।  निरीक्षणको क्रममा योजना आयोग का सदस्य शिव पूजन यादवले ताललाई पर्यटन स्थलको रूपमा विकास गर्ने बताउनुभयो ।

तालको संरक्षण नभएकोले जर्जर बनेको जसपाका वरिष्ठ नेता रामबरन यादवले बताउनुभयो । नेपालका अन्य तालमा नपाइने जङ्गली धान(तिन्नी) को प्रकृति उपज स्थलका साथै विभिन्न विदेशी चराहरूको प्रजनन स्थल भएकोले यसको संरक्षण गर्नु अति आवश्यक देखिएको नेता यादवले बताए । सो ताल करिब २५ बिगहा क्षेत्रफल रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्