भीषण मुकारुङको चर्चित गीत खोर्सानी डल्ले को भाग दुई “ए सिम्मा” सार्वजनिक



गायक भीषण मुकारुङ्गको चर्चित पुर्वेली गीत ‘खोर्सानी डल्ले ’को भाग २ “ए सिम्मा” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बिहिवार ‘ तक्मे बुडा डट कम ’ युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । दुर्लभ जन्तरेको शब्द रहेको गीतमा सङ्गीत विशेष खालिङ्गले भरेका छन् भने गीतको संङ्गीत संयोजन चन्दु गोर्खालीले गरेका हुन । गीत काठमाडौंको आफ्नै पृथक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गायक मुकारुङ्गले जानकारी दिए ।

विल्सन बिक्रम राइ(तक्मे बुडा)ले निर्देशन गरेको म्युजिक भिडियोमा कलाकारहरु विल्सन बिक्रम राई , रजनी गुरुङ ,बिशाल लिम्बू, भीषण मुकारुङ्ग राई , र श्याम राइले अभिनय गरेका छन् । भिडियोमा कमल राइको नृत्य निर्देशन रहेको छ ।

गोठालो जीवन एवम् गाउले परिवेशको नौलो ढंगको कथाबस्तु बोकिएको गीत समग्र सबै पिडिले रुचाउने कुरामा बिश्वास रहेको गायक मुकारुङ्गले बताएका छन् । खोर्सानी डल्ले गीतले जती चर्चा बटुलेको थियो त्यतिनै माया पाउने गायक मुकारुङ्गको बिश्वास रहेको समेत जानकारी दिएका छन् ।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्