पाल्पा देखि रोल्पा सम्म प्रदेश मार्ग तयार गर्छाे  मन्त्री (सोनाम)



जनक नेपाली
दाङ,१२ । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी (सोनाम) ले पाल्पा देखि रोल्पा सम्म प्रदेश मार्गको निर्माण हुने बताउँनु भएको छ । प्रेस सेन्टर र प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो वताउनु भएको हो । पाँच नं. प्रदेशको गौरवको योजना अन्तरगत यसै बर्षको निति तथा कार्यक्रम मार्फत अगाडी बढ्ने वताउँनु भएको हो ।

 

प्रदेशमार्ग प्रदेश स्तरिय बृहत योजना भएको हुदा तत्काल आगडी बढाईने वताउँनुभयो ।पत्रकार भेटघाट कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मन्त्री केसीले मेघासीटीका रुपमा पाँच नं. प्रदेशकोे तीन ठुला सहरको विकास गर्ने योजना प्रदेश सरकारले अगाडी सारेको वताउँनुभयो । वुटवल, भैरहवा, नेपालगंज, कोहलपुर घोराही तुलसीपुरलाई मेघासीटीका रुपमा बिकास गर्न खोजेको वताउँनुभयो ।

मन्त्री सोनामले पाँच नं. प्रदेशको उत्तर गंगा सानी भेरी रिडी गण्डकी , माडी राप्ती, अपर राप्तीको सम्भाव्यता अध्ययन गरी जल विद्युत उत्पादन गरिने वताउँनुभयो । विधुत उत्पादनका लागि लागि बृहत योजना समेत तयार पारेको वताउँनुभयो । लुम्बिनी देखि सिस्ने सम्म युद्ध पर्यटन क्षेत्रका रुपमा विकास गर्न खोजिएको वताउँुभयो । प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्लको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव पाण्डव शर्माले गर्नु भएको थियो । भने स्वागत प्रेस चौतारीका अध्यक्ष टिका बस्नेतले गर्नु भएको थियो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्