सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । शुक्रवार नेपाली बजारमा सुनको मूल्य थप २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत बिहीबार तोलामा ५०० रुपैयाँले बढेर ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन शुक्रवार थप २०० रुपैयाँले बढ्दै ९० हजार ६०० रुपैयाँ पुगेको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत २०० रुपैयाँले नै वृद्धि हुँदै ९० हजार १५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । तर यता चाँदीको मूल्य भने आज शुक्रवार गत बिहीबारकै मूल्य कायम रहँदै अस्थिर रहेको महासङ्घले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्