चन्द्रको स्वर, नताशाको सङ्गीतमा  ‘एकै नजर’ सार्वजनिक  ( भिडियो ) 



काठमाडौँ – अमेरिकाको एट्लाण्टा सहर निवासी  गायक चन्द्र लावारले आफ्नो दोस्रो गीत ‘एकै नजर’को  म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको गीतमा युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको छ।

गीतमा शब्द गोपाल क्षेत्रीको रहेको छ भने सङ्गीत नताशाको रहेको छ।  यस गीतलाई साहिदले सङ्गीत संयोजन गरेका हुन्।  म्युजिक भिडियोमा प्रविन तामाङ, सुवानी मोक्तान, शङ्कर वाइबा र जेनिस तामाङ फिचर्ड छन्।

रवि रोक्काले छायाङ्कन गरेको भिडियोलाई अनोज सुनारले सम्पादन गरेका हुन् ।  प्रविन तामाङको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।  गायक लावारको आधिकारिक च्यानल ‘चन्द्र लावार’ मार्फत भिडियो सार्वजनिक भएको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्