बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन जेल पुगे



एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई जेल लगिएको छ ।

आर्यनलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीले आर्थर रोड जेल लिएर गएका हुन् । उनले ७ अक्टोबरमा एनसीबीको कार्यालयमा राखिएको थियो।

आर्यन खान र अन्य ८ आरोपी पनि न्यायिक हिरासतमा छन् । त्यसैले उनीहरुलाई एनसीबीद्वारा जेल लगिएको हो ।  

आर्यन खानको जमानतको केसको सुनुवाइ चलिरहेको भारतीय मिडियाले जनाएको छ । आर्यन खानले आज जमानत पाउलान् वा जेल जालान् यसबारे चाँडै नै निर्णय हुने जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्