दसैँमा कृष्ण नगरले मूर्ति स्थापना नगर्ने , प्रशासन विरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने निर्णय



कृष्ण नगर , असोज २३ । कृष्ण नगरका हिन्दु धर्मावलम्बीले प्रहरीले हस्तक्षेप गर्याे भन्दै दसैँमा बर्षाैं देखि स्थापना गर्दै आएको मूर्ति यस बर्ष नगर्ने निर्णय गरेका छन् । वर्षौँदेखि दसैँमा दश दिनसम्म हिन्दु धर्मावालम्बीहरु दुर्गा पूजन र मूर्ति स्थापना गरी साउन्ड बाजाका साथ हर्षोल्लास गरी मनाउँदै आएको चाड यस बर्ष प्रशासनद्वारा लगाइएको नागरिकता ,ओला छाप जस्तो कागजी अवरोधले मूर्ति नै स्थापना नगर्ने निर्णय गरेका छन् ।

विगत बर्षमा कृष्ण नगरमा भएका घटनालाई अधार बनाई प्रशासनले दुर्गा पूजनका लागि बनाइएका समिति पदाधिकारीहरुकाे नागरिकता , ओला छाप बाँसको कागजमा लेखाइ सही छाप गराइ गर्न भनेपछि विवाद भएर यस वर्ष मूर्ति नै स्थापना नगर्ने सबै समितिवाला ले सामूहिक निर्णय गरेका छन् ।

प्रशासनले एकतर्फी निर्णय गरी हाम्रो धर्मलाई लक्षित कागजी प्रक्रिया गर्दा धार्मिक स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गरेको भन्दै शान्तिपूर्ण प्रदर्शन समेत गर्ने निर्णय भएको समितिका पदाधिकारीहरूले जनाएका छन् । हाम्रो धर्मको संरक्षणमा अहिलेसम्म कुनै जनप्रतिनिधि , मानवअधिकार सङ्घसंस्था अगाडि नआएकाले हामी शान्तिपूर्ण प्रदर्शन गर्ने निर्णय गरेको समितिले जनाएको छ।

अघिल्लो वर्ष कुनै प्रकारको अप्रिय घटना नभएकोले यस बर्षपनि शान्तिपूर्ण हुने दसैँमा प्रहरी प्रशासनको स्वेच्छाचारी निर्णयले समाजमा झन् द्वेष बढ्ने देखिन्छ जसले नगरपालिका मात्र नभई सम्पूर्ण हिन्दु धर्मावलम्बीमा प्रहरीप्रतिको विश्वास घटने कृष्ण नगर नगरपालिकाका मेयर रजत प्रताप शाहले बत्ताउनुभयो ।

पछिल्ला घटनालाई नै आधार मान्नुभन्दा कृष्ण नगरलाई बदनाम गराउने तत्त्वहरूलाई पहिचान गरी शान्ति सुरक्षामा खटि सामाजिक सुधार गर्ने योजना ल्याइउदा बेस हुने नगरप्रमुख साहको बुझाइ छ । सो सम्बन्धमा प्रहरी निरीक्षक शुकदेव पौडेलले जिल्ला सुरक्षा समितिको निर्णय बामाेजिम हामी अगाडि बढ्ने र शान्ति सुरक्षाका निम्ति कागजी प्रक्रिया अगाडि बढाए कै कुरा स्वीकार गर्नुभएको छ। ।

कृष्ण नगर बजारमा भएका पूर्व घटना कै कारण समितिहरूसँग सो व्याेहाेरा माग गरिएको निरीक्षक पौडेलले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्