राजपालाई चुनावमा सहभागी गराउनेबारे दलहरुको बैठक आज पनि



जेठ ३१ 

images rajapa

असार १४ गते हुने स्थानीय तहको चुनावमा राष्ट्रिय जनता पार्टी  राजपा नेपालको सहभागिता कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा दलहरुबिच बुधबार पनि छलफल हुँदैछ ।
चुनावअघि संविधान संशोधन हुनुपर्ने अडान लिएको राजपालाई मनाउन मुख्य दलहरुबिच छलफल हुन लागेको हो । राजपाले चुनावमा सहभागी हुने लिखित प्रतिबद्धता जनाए प्रदेश नं। २ र ५ को चुनाव फेरि सार्न सकिने सत्तारुढ दलहरुको संकेत छ ।
मंगलबार सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरम तथा प्रमुख विपक्षी एमालेका शीर्ष नेताको बैठकमा राजपाले उठाउँदै आएको मागको विषयमा छलफल भएको थियो । राजपाले लिखित प्रतिबद्धता जनाएमा चुनावपछि संविधान संशोधन लगायतका माग पूरा गर्न ठूला दल पनि लिखित प्रतिबद्धता जनाउन तयार भएका छन् ।
राजपा चुनावमा आउन तयार भएमा असार १४ मा तोकिएको मिति केही दिन सार्न या प्रदेश नं। २ र ५ को चुनाव तेस्रो चरणमा गर्नेबारे पनि छलफल भएको छ । तर प्रमुख विपक्षी एमालेले कुनै हालतमा पनि चुनाव सार्न नहुने बताउँदै आएको छ । चुनावको वातावरण बनाउने विषयमा राजपासहित मुख्य दलहरुको बैठक बुधबार दिउँसो बोलाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्