असाय बालबालिकालाई शैक्षिक सामाग्री सहयोग



सैघाली खबर,
तुलसीपुर, १३ फागुन ।

ईन्ट्रयाक्ट क्लब अफ गोरखा बोर्डिङले असहाय बालबालिकालाई सहारा दिईरहेको संस्था असहाय बाल बिकास नेपाल बिजौरीलाई सहयोग गरेको छ । त्यहाँ पुगेर १३ जना बालबालिकालाई स्कुल ब्याग, पेन्सिल, कपी र खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । क्लवका अध्यक्ष पवन घिमिरेले स्कुलमा अध्ययनरत विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको रकम, शिक्षकबाट संकलिन रकम र रोटरी क्लब अफ तुलसीपुर सिटी समेतको सहयोगमा सहयोग गरिएको बताए ।

कार्यक्रममा प्रमुख अतिथी रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष तुफानबाबु श्रेष्ठले आफ्नो खाजा खर्च कटाएर ईन्ट्रयाक्ट क्लबमा आवद्ध विद्यार्थीले असहाय बालबालिकाको दुःखलाई आफ्नै दुख सम्झेर सहयोग गर्नु एउटा उदाहरणिय कार्य भएको बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्