साहित्य/कला

म तिम्रो विरोध गर्ने थिइनँ

By Thah Online

October 10, 2021

समान अधिकार दिएको भए सरकार म तिम्रो विरोध गर्ने थिइनँ ।

योग्यता अनुसारको काम दिएको भए सरकार म तिम्रो विरोध गर्ने थिइनँ ।

काम अनुसारको ज्याला दिएको भए सरकार म तिम्रो विरोध गर्ने थिइनँ

शिक्षामा जीवन गुजाराको सीप दिएको भए सरकार म तिम्रो विरोध गर्ने थिइनँ ।

भारतीय अतिक्रमण रोकेको भए सरकार म तिम्रो विरोध गर्ने थिइनँ ।

वैदेशिक हस्तक्षेप रोकेको भए सरकार म तिम्रो विरोध गर्ने थिइनँ ।

विकासका पूर्वाधार स्थानान्तरण गरेको भए सरकार म तिम्रो विरोध गर्ने थिइनँ

केन्द्रीकृत शासन विकेन्द्रित गरेको भए सरकार म तिम्रो विरोध गर्ने थिइनँ।

सामाजिक न्याय स्थापना गरेको भए सरकार म तिम्रो विरोध गर्ने थिइनँ ।

राजनीति दलगत अहम् त्यागेको भए सरकार म तिम्रो विरोध गर्ने थिइनँ ।

राष्ट्रिय हित विपरीतको एमसीसी खारेज गरेको भए सरकार म तिम्रो विरोध गर्ने थिइनँ ।