जुवातास खेलिरहेको अवस्थामा नगद सहित १३ जना प’क्राउ



दाङ । दाङ घोराही उप-महानगरपालिका वडा नं.०९ दबुीचौरा बस्ने न यामलाल चौधरीको घरमा  जुवा तास खेलिरहेको अवस्थामा नगद सहित १३ जना प’क्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं.०९ बस्ने  ५५  वर्षीय दुर्गा बहादुर घर्ती,  ४१ वर्षीय पुष्कर के .सी, ५५ वर्षीय होम बहादुर के.सी, ५८ वर्षीय मनवीर चौधरी, ५८ वर्षीय चिल्लु चौधरी, ३१ वर्षीय कालीचरण चौधरी, ४१  कलम चौधरी, ५४ वर्षीय गिर बहादुर कामी,  ४९ वर्षीय कुमार के.सी , ३३ वर्षीय गोविन्द डी.सी , २५ वर्षीय कण बहादुर बिश्रकर्मा ,  २० वर्षीय सुदिप चौधरी,  ३४ वर्षीय विष्णु चौधरी रहेका छन् ।

शनिवार राति अन्दाजी ०१:०० बजे चौधरीको घरमा अवैध रूपमा पैसाको हारजित हुने गरी जुवा तास खेली रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय  दाङबाट खटिएको प्रहरी अधिकृत समेतको टोलीले रितपूर्वक खानतलासी गर्दा उनीहरूको साथमा  दुई लाख सात हजार तिन सय नगद सहित २ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्