श्रीमानकै अगाडि चलिरहेको ट्रेनमा ८ जनाले गरे युवतीको बला त्कार



एजेन्सी ।  भारतको महाराष्ट्रमा लखनउबाट मुम्बई जानेवाला पुष्पक एक्सप्रेसमा २० वर्षकी युवतीको सामूहिक बला त्कार भएको छ। यो घटना शुक्रवार रातिको हो । उनीहरूले श्रीमानको साथमा यात्रा गरिरहेकी युवतीको बला त्कार गरेका हुन् ।

८ जनाले इगतपुरी–कसारा स्टेशनको बीचमा मानिसहरूलाई लुटेको बताइएको छ । घाट क्षेत्रमा भएका कारण राति यात्रुहरूले कसैको मद्दत पाउन सकेनन् ।

कसारा पुगेपछि यात्रीहरूले रेल्वेसँग सहयोग मागेका थिए। मुम्बई जीआरपीले आ’रोपीहरूलाई प’क्राउ गरेको बताइएको छ । हाल ४ जना मात्र प क्राउ परेका छन् ।

घटनामा संलग्न अन्य ४ जनाको खोजी भइरहेको त्यहाँको प्रहरीले जानकारी दिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्