अन्तर्राष्ट्रिय

किसान ह त्या आ’रोपमा भारतमा गृह राज्यमन्त्रीका छोरा प’क्राउ

By Thah Online

October 10, 2021

काठमाडौँ। भारतको उत्तर प्रदेशको लखीमपुर खिरीमा भएको हिंसाका मुख्या आ’रोपित केन्द्रीय गृह राज्यमन्त्रीका छोरा आशिष् मिश्रा प’क्राउ परेका छन् ।

गत साता उत्तर प्रदेशको लखिमपुर खिरीको तिकुनियामा  मिश्राको गाडीको ठक्करबाट चार जनाको मृत्यु भएको पुष्टि भएपछि भारतीय प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।

१२ घन्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको डीआईजी उपेन्द्र अग्रवालले बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनीविरुद्ध सोमबार अदालतमा सुनुवाइ हुनेछ ।

किसान नेता राकेश टिकैतले घटना लगत्तै मिश्रालाइ प’क्राउ गर्न दबाब दिँदै आएका थिए । किसानहरूले चार वटा माग राखेर आन्दोलन जारी राखेकै बेला सो घटना भएको हो ।

भारतमा केन्द्र सरकारले ल्याएका कृषि सम्बन्धी तीन नयाँ कानुनको विरोधमा गत वर्षदेखि नै आन्दोलन हुँदै आएको छ । पन्जाब, हरियाण, राजस्थान, महाराष्ट्र, गुजरातसहितका राज्यका किसानहरू आन्दोलनमा सहभागी भएका छन् ।