अन्तर्राष्ट्रिय

भ्रष्टाचारको आ’रोप लागेपछि अस्ट्रियाका चान्सलरद्वारा राजीनामा

By Thah Online

October 10, 2021

एजेन्सी । भ्रष्टाचारको आ’रोप लागेपछि अस्ट्रियाका चान्सलर सबास्चियन क्रुजले राजीनामा दिएका छन् । उनले आफ्नो स्थानमा विदेश मन्त्री अलेक्जान्डर स्कालेनबर्गलाई चान्सलर प्रस्ताव गरेका छन् । उनी आबद्ध ओभीपी पिपल्स पार्टीका विभिन्न कार्यालयहरूमा छापा मारेपछि क्रुजसहित ९ जनालाई अनुसन्धानमा राखिएको थियो ।

क्रुजमाथि सरकारी पैसा प्रयोग गरेर पत्रपत्रिकामा सकारात्मक कभरेज गराएको आ’रोप छ । जसलाई उनले खण्डन गर्दै आएका छन् ।उक्त आरोपले उनको गठबन्धन सरकार ढल्ने अवस्थामा पुगेको थियो । गठबन्धनको सबैभन्दा कान्छो पार्टनर द ग्रिन्सले क्रुज चान्सलर पदमा रहिरहन योग्य नरहेको बताएको थियो ।

द ग्रिन्सले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेका विपक्षी दलसँग छलफल समेत शुरु गरेको थियो ।ग्रिन्सका नेता तथा भाइस चान्सलर वेर्नर कोग्लरले क्रुजको राजीनामालाई स्वागत गर्दै स्कालेनबर्गसँग काम गर्न तयार रहेको बताएका छन् । स्कालेनबर्गसँग रचनात्मक सम्बन्ध रहेको उनले बताएका छन् । –बीबीसी