सडक सुधारको योजनामा अनियमितता भैरहेको स्थानीयको आ’रोप



सिरहा लहान -सिरहाको लहान नगरपालिका वडा नम्बर – २० गोर्छारी टोलको सडक सुधारको योजनामा अनियमितता भइरहेको स्थानीयको आरोप छ । नगरपालिकाको नगर स्तरीय कार्यक्रमबाट सञ्चालित (रामटोल देखि भौसी महतोको पोखरी सम्म) को उक्त योजनामा व्यापक अनियमितता भइरहेको स्थानीयहरूको भनाई छ ।

लहान नगरपालिका द्वारा आर्थिक वर्ष २०७७/०७८को असार मसान्तमै काम सम्पन्न हुने गरी भएको  सम्झौताको काम हाल सम्म पनि सञ्चालनमै रहेकोले अनियमितताको सङ्केत गरिएको स्थानीय उदयकुमार सिंहले बताए ।

पत्रकार सम्मेलन गरी उनले भने – हामी नगरपालिका लगायत उपभोक्ता समितिलाई पटक पटक योजनाको सम्झौता कागजात र बजेट एस्टिमेट माग गर्दा पनि कुनै निकायले उक्त कागजात उपलब्ध नगराएको सिंहले दुखेसो पोखे ।

आयोजना स्थलमा बजेट पारदर्शी हुने  खालका सार्वजनिक सूचना बोर्ड छैन ,राख्न आग्रह गरीपने समितिले वास्ता गरेको छैन, उनले बताए ।

पिसिसी ढलानमा प्रयोग गरिएको टुक्रा इँटा दुई नम्बरी प्रयोग गरिएको स्थानीय सूर्यदेव महतोले बताए।सडक सुधारका लागि गरिएको नाला निर्माण र पिसिसी ढलानमा  सिमेन्टको मात्र समेत कम भएकोले आयोजनाको काम सम्पन्न नहुदै ठाउँ ठाउँमा सडक सुधारका लागि गरिएको पिसिसी ढलान भत्किरहेको छ, उनले दाबी गरे ।

अनुगमन गर्न नगरपालिकाबाट ओभरसियर , ईन्जिनियरहरु स्थलगत रूपमा कोही आउँदैन ,सबैको यस योजनामा मिलो मतो रहेको स्थानीयले गुनासो गरे ।

योजनाको काम गर्न लहान नगरपालिकाले स्थानीय  उपभोक्ता समितिसँग सम्झौता गरेको छ। , तर  लहान नगरपालिका वडा नम्बर – ७ का एमाले पार्टीबाट प्रत्यासी वडा अध्यक्षका उम्मेदवार  (ठेकेदार ) समेत रहेका भगवान् साहले काम गरिरहेकोले सो सडक सुधार योजना झन् शङ्कास्पदको घेरमा  रहेको स्थानीय भुल्लु मियाले बताए ।

नगर स्तरीय कार्यक्रमबाट सञ्चालित उक्त योजनाको काम मेयर मुनी साह सुडिको डिजाइनमा भइरहेको स्थानीयको दाबी छ  ।

पहिलो किस्ताको  करिब १२ लाख रकम गत असार मसान्तमा  निकसा भैसकेको छ ।,र बाकीको कार्यगर्नका लागि चालु आर्थिक वर्षमा नगरबाट म्याद थप गरिएको श्रोतको दाबी छ।

करिब ५ सय मिटर लम्बाईको सडक कालोपत्रे गर्न ५३ लाख ३२ हजार २ रुपैयाँ ८५ पैसामा उपभोक्ता समितिले नगरपालिकाबाट योजनाको सम्झौता गरेको छ ।

सो बजेटबाट सडको दायाँ बायाँ पिसिसी ढलान ,नाला निर्माण , ठाउँ ठाउँमा ह्युमपाईप,चेम्बर ,पिच सडक लगायतको काम हुने बुझिएको छ।

सडक सुधारका लागी समितिले  ट्र्याक्टर लगायतका सवारी साधनबाट सामग्री ढुवानी गरेको कारण करिब आधी किलोमिटर सडक बिग्रेको स्थानीयले बताए। स्थानीयलाई आवत जावत गर्न समस्या भैरेकोले समन साहुको पोखरी देखि भौसी महतोको पोखरी सम्मको सडकलाई पनि मरोम्मत सम्भार गर्नुपर्ने स्थानीयको माग छ।

यता सो विषयमा उपभोक्ता समिति अध्यक्ष सोनेलाल महतो  र लहान नगरपालिकाको प्रशासकीय अधिकृत खेमनन्दन भुसाल संग सम्पर्क गर्न खोज्दा कोही पनि सम्पर्क नभएको पत्रकारको भनाई छ  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्