अखिल (छैटौँ) को अध्यक्षमा देवेन्द्र कुँवर



दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौँ) को अध्यक्षमा देवेन्द्र कुँवर निर्वाचित हुनुभएको छ । बुटवलमा जारी २२ औँ राष्ट्रिय सम्मेलनले कुँवरको नेतृत्वमा ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा गणेश अधिकारी र नवीन पाण्डे तथा महासचिव सुवाश जिसी निर्वाचित हुनुभएको छ । यस्तै, सरोजमान सिंह र ईन्द्रमणी पाण्डेलाई सचिवमा निर्वाचित गरेको छ भने कोषाध्यक्षमा प्रतिभा आचार्य चयन हुनुभएको छ ।

सचिवालय सदस्यमा हरि बुढा, भीमराज जोशी, हेमराज भट्ट र चोपबहादुर विक चयन हुनुभएको छ । सदस्यहरूमा पुरन पोखरेल, देवेन्द्र पौडेल, खगेन्द्र विष्ट, नमराज चन्द, विवेक जिसी, टङ्क अवस्थी, नवीन केसी, सागर बेलवासे, ऋषव आचार्य, सूर्य पौडेल, विमल सापकोटा, कमल आचार्य, सूदीप पौडेल, केशव बुढाथोकी, दानु सारु र विमल पाण्डे रहनुभएको छ ।

सम्मेलनले लक्ष्मण विक, दीपेन्द्र पौडेल, जीवन नेपाली, सञ्जिला बुढा, सगर सुवेदी, कर्म जोशी, तृसना श्रृनेत र गणेश सापकोटालाई वैकल्पिक सदस्यमा चयन गरेको छ । निवर्तमान अध्यक्ष विमल पोखरेल र निवर्तमान सचिव गोपाल प्रसाद भट्टराई सल्लाहकारमा चयन हुनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्