प्रदेश २

जसपा प्रदेश २ का अध्यक्ष यादवले दिए अध्यक्ष पदबाट राजीनामा

By Thah Online

October 10, 2021

जनकपुरधाम ।  जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रदेश २ का अध्यक्ष विजय यादवले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

जसपा प्रदेश २ को जनकपुरधाममा समायोजनका लागि बैठक चल्दै गर्दा यादवले पदबाट राजीनामा दिएका हुन । प्रदेश २ का कृषि मन्त्री समेत रहेका यादवले अध्यक्ष पदका लागि विवाद भइरहँदा उनले अध्यक्ष पदबाट राजीनामा दिएको स्रोतको भनाई रहेको छ ।

त्यसैगरि जसपाका प्रदेश २ का मुख्यसचिव शम्भु झाले समेत आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले समाजीक सञ्जाल मार्फत लेख्दै पार्टीको साधारण सदस्यताबाट समेत राजीनामा दिएको बत्ताएका छन् ।

प्रादेशिक समितिका लागि समायोजन बैठक जनकपुरधाममा चलिरहेको छ भने बैठकमा पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको पनि उपस्थिति रहेको छ ।