तुलसीपुरबाट ६ वटा ठेला जफत



सैघाली खबर
दाङ,१४ फागुन

तुलसीपुर उपमहानगरले अटेर गरेर सार्वजनिक ठाँउमा ठेला राखेर व्यापार गर्नेहरुको ठेला जफत गरेको छ । उपमहानगरपालिकाले पटक पटक सार्वजनिक सूचना जारी गरेर जानकारी गराउँदा पनि वेवास्था गर्ने ६ वटा ठेला व्यवसायीका ठेलालाई आइतवार जफत गरेको उपमहानगरपालिकाका वित्तिय अधिकृत ललित घर्तिले वताए ।

 

उनले नगरपालिकाले पटक पटक आग्रह गर्दा पनि अटेर गरेर वाटो नै अवरोध हुने गरि ठेला राख्नेहरुको ठेला जफत गरेको समेत वताए । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरलाई व्यवस्थित गर्नका लागि वजार व्यवस्थापन कार्यविधि निर्माण गरेर काम गर्दै आएको छ । आइतवार ठेला जफत गर्ने क्रममा कर्मचारीमाथि हातपात समेत भएको छ । उपमहानगरपालिकाका स्वीपर रामप्रसाद चौधरी माथि स्थानीय व्यापारीले हातपात गरेका थिए ।

 

तुलसीपुर वजारलाई व्यवस्थित वनाउनका लागि उपमहानगरले निरन्तर सार्वजनिक सूचना जारी गर्दै आएको भएपनि त्यसलाई कतिपयले अटेर गर्दै आएका छन् । उपमहानगरले वाटोमा राखिएका सामान र भ¥याङ हटाउन समेत निर्देशन दिइसकेको छ । ‘कतिपयले अटेर गरिरहेका छन् ,अटेर गर्नेलाई हामीले कारबाहीका साथै भत्काउने कामलाई तिव्रता दिनेछौ’ प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रवहादुर केसीले वताए । उनले नगरपालिकाले तोके विपरित ठाउँ ओगटेर जुनसुकै काम गरेको भएपनि त्यसलाई तत्काल हटाउन समेत आग्रह गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्