रुसमा विमान दुर्घटना, १६ जनाको मृत्यु




एजेन्सी । रुसको टाटरस्तानमा आइतबार एल–४१०  विमान दुर्घटना भएको स्पुतनिक समाचार समितिले जनाएको छ  ।

विमानले प्यारासुटिस्ट बोकेको थियो । २३ जना सवार एल भग्नावशेषबाट सात जनाको उद्धार गरिएको छ । विमान गम्भीर रूपमा क्षतिग्रस्त भई नाक भएको आधा भागमा भाँचिएको भेटिएको छ।

यस दुर्घटनामा परी  १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् । घाइतेहरूलाई उपचारार्थ अस्पताल भर्ना गरिएको पनि सो समाचार समितिले जानकारी दिएको छ  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्