बुटवलको मोतिपुरस्थित सुकुम्बासी बस्तीमा गोली चल्यो




बुटवल । बुटवल उपमहानगरपालिकाको मोतिपुरमा गोली चलेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मोतिपुरको औद्योगिक क्षेत्रमा रहेको सुकुम्वासी बस्तीमा गोली चलेको हो । प्रहरीका अनुसार
सुकुम्बासीका नाममा औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने खोज्नेहरूलाई हटाउने क्रममा झडप भएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीले दाबी गरेको छ।

प्रहरीको गोली लागेर केही व्यक्ति घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये एक जनाको टाउको र एक जनाको छातीमा गोली लागेको बताइएको छ । औधोगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरु दुई हजारको संख्यामा प्रदर्शनमा उत्रिएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर, अश्रुग्यास प्रहार गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्