तत्काल निर्वाचनमा जानुपर्छ : नेता सिंह




काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशन सम्पन्न गरेर तत्काल निर्वाचनमा जानुपर्ने बताएका छन्। काँग्रेस काठमाडौँ महानगरपालिका-२२ ले आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले पार्टीको १४ औँ महाधिवेशनलाई चाँडो सम्पन्न गरेर निर्वाचनमा जानुपर्ने बताएका हुन्।

‘सरकार गठनमा स्वतन्त्र न्यायपालिकालाई जोड्नु लोकतन्त्रका लागि गम्भीर कुरा हो,’ उनले भने। पार्टीका पूर्व महामन्त्री सिंहले आफू विद्यार्थी कालदेखि नै राजनीतिमा लागेकाले एक पटक सभापतिका लागि उम्मेदवार हुन चाहेको बताए। नेता सिंहले काङ्ग्रेसभित्र नेतृत्व गर्ने अवसर एक पटक काठमाडौँले पाउनुपर्ने उल्लेख गरे।

राजनीतिलाई सेवाका रूपमा लिनसमेत उनले सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे। उनले काँग्रेसभित्रको कमजोरीका कारण नेपालका कम्युनिष्ट सत्तामा पुग्ने अवसर पाएको भन्दै आगामी दिनमा काँग्रेसले यस्तो कमजोरी दोहोर्‍याउन नहुने उल्लेख गरे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्